नियम २२
बिस्फोटक पदार्थको पैठारी
(१) विदेशबाट बिस्फोटक पदार्थ पैठारी गर्न चाहने व्यक्तिहरुले सो चाहेको कुरा, त्यसको कारण र यस्ता पैठारी गर्न इच्छा गरिएका बिस्फोटक पदार्थ कहाँ कुन ठाउँमा के कामको लागि चाहिएको हो, कुन कुन प्रकारका र कति कति मात्रामा झिकाउने हो र कुन मुलुकको कुन विक्रेतासंग खरीद गरी कुन बाटोबाट कसरी ल्याउने हो र आफ्नो म्यागजिनमा थन्क्याई राख्ने हो वा कुनै सरकारी म्यागजिनमा थन्क्याई राख्ने भए कुन इलाकाको सरकारी म्यागजिनमा थन्क्याई राख्ने हो इत्यादिको विवरण समेत स्पष्ट खोली नेपाल सरकारको सम्बन्धित विभागमा बिस्फोटक पदार्थ पैठारी गर्न लाइसेन्सको लागि लिखित आवेदन पत्र दिनुपर्छ र त्यस्ता लिखित आवेदनपत्र परेपछि उक्त सम्बन्धित विभागले आवश्यक कारवाई गरिदिनेछ ।
(२) कसैले कुनै विदेशी मुलुकबाट बिस्फोटक पदार्थ पैठारी गर्दा सो मुलुकको अधिकृत विस्फोटक पदार्थ सम्बन्धी व्यापारीसँग मात्र खरीद गर्न सक्छ ।
(३) पैठारी गरिएका विस्फोटक पदार्थ नेपाल .... को सीमानामा आइपुगेपछि पैठारी गर्न व्यक्ति वा उसको कुनै अधिकृत प्रतिनिधिले उक्त विस्फोटक पदार्थ बुझिलिई सबभन्दा नजिक पर्ने जिल्ला प्रशासन कार्यालयमा समेत सूचना गर्नु पर्छ ।
(४) भन्सारबाट छुटाइएको विस्फोटक पदार्थ पैठारी गर्ने व्यक्तिले कार्यस्थल वा अन्य स्टोरेज म्यागजिनमा लैजानु पर्छ ।